नियम १४
मूल्य निर्धारण समितिको कार्यावधि
(१) मूल्य निर्धारण समितिको कार्यावधि छ महिनामा नबढ्ने गरी समिति गठन गर्दाका बखत प्राधिकरणले तोके बमोजिम हुनेछ र समितिको पहिलो बैठक बसेको मितिबाट त्यस्तो कार्यावधिको गणना हुनेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मनासिब कारण परी मूल्य निर्धारण समितिले उपनियम (१) बमोजिमको अवधिभित्र कार्य सम्पन्न गर्न नसकेमा प्राधिकरणले तीन महिनामा नबढ्ने गरी मनासिब माफिकको अवधि थप गर्न सक्नेछ।